Friday, September 4, 2009

म छामीरहेछु
म जाली रे
अविश्वासी रे
स्वर्थी रे
सुन्छु मेरा कोखैभरी दाह्रा छन् रे
त्यसैले मेरो उपस्थीति
कुनै समुदायमा बाधक हुन्छ रे
मलाइ देख्नासाथ
उनीहरुलाइ एलर्जी हुन्छ रे
म भित्र मन छैन रे
म भित्र सेवाको कुनै अंश छैन रे
लोभ र पापको भकारी रे म
मैले उनीहरुको भाग लुटें रे
अवसर लुटें रे
मेरो नाकले उसको निधार खुम्च्याउछ रे
मेरो बोलीले उसको मोड बदलिन्छ रे
अव त मैले अवसर नपाउने रे
मेरालागि कोटा नहुने रे
मैले मेरै आगनमा पराइ भएर उभिनु पर्ने रे
मेरो पालो गयो रे
अव उसको पालो रे
म छामीरहेछु ………
कहाँनेर छन् मेरा कोखामा दारा .............?

No comments:

Post a Comment