Sunday, September 20, 2009

खोजी दशैको २०६६ असोज २

एउटा युद्धको दसकभित्र
......... काखहरु
पुछिएका सिउदाहरु
के तिमीले पुर्ताल गर्न सक्छौ
वेपत्ता परिवार
लुटिएका अस्मीता
बेखबर सिम्माहरु
के फर्काउन सक्छौ
यदि सक्दैनौ भने
थालमा आशु बगाउदै
म चोक्टा लुछ्न सक्दिन
शुभकामना बाँढ्न सक्दिन
रुकुम र रोल्पा दुख्दा दुख्दै
ज्ाजरकोट दुख्यो
एम्बुस र बारुद खाँदा खाँदै
हैजा खाएर जानु पर्यो
अकाल मृत्युको परीक्षा दिनुपर्यो
एक ढिका नुन
एक छाक अन्नको हाहाकारमा
म कसरी शुभकामना साटौ
नौ दुर्गा तिम्रा धेरै हालहरुले
हिमालीहरुलाई
पहाडिहरुलाई
मधेसीहरुलाई
के बराबरी दही र अक्षता लगाउन सक्छन
यदि सक्दैनन् भने
आत्माभरि विखण्डनको ज्वारभाटा तताउदै
किन निधार रंगाउने
हरेक बर्ष मान्यजनले दिएका आर्शिवादहरु
खै किन उल्टो खेदीरहेछन्
शहिदका आमाहरु…॥
आमा शहिदहरु…।
पोहो संगै दशै मनाएर छुटेका
दाजुभाइहरु
लडाइमा जनताहरु
यत्र तत्र छरिएका लासहरु
आँखाको डिलबाट चुहिरहेका आशु
खै कस्तो आर्शिबाद
सम्झनै मन लाग्दैन………
रगतले नुहाएर आएकाहरु
रगत पिउनेहरु
......... शहिदको गीत गाउछन्
अर्को हुल जो शहिद उत्पादन गर्छन
आज यि दुवै मिलेर खेल खेलीरहेछन
रेफ्री विनाको मैदानमा
यी दुबै हार स्वीकारदैनन्
गोल पोष्ट भत्काएर फुटबल खेलीरहेछन्
खसीका साँप्रामा लुछालुछ चल्दैछ
जनताको सर्वोच्ताको नाउमा
फेरि एकमुरी रगत माग्दैछन
के अर्को दशैमा हामी रहन्छौ
पुराना मुसाहरु ज्ाहाजभरि छन्
जहाज प्वाल पार्नमा व्यस्त मुसाहरु
गिद्धहरुले परेवाको गोठालो गरिरहेको वेला
भो शान्तिको गीत नगाऔं
देवीहरुको हत्या गरेर
दानवहरुले नै मनाइ रहेको दशैमा
के शुभकामना दिऊ
बरु एउटा संकल्प गरौ
एक दशकका दशै जस्तो
शुभकामना नबाडौं
हामी सबैको दशैको खोजी गरौ…………

Thursday, September 17, 2009

गजल

हासो खोज्दा आँशु नियतीको खेल हो
श्रमविना आराम खोज्दा बालुवाको तेल हो

प्याजको पत्रा जस्तै पत्रै पत्रा यो जीवन
लोहोरो र सिलौटामा मसलनको मोल हो

यति गर्छु उति गर्छु आसै आशा यो जीवन
एकै छिन मरुभूमी एकैछिन भेल हो

मह र घिउमात्र खोजिरहने यो जीवन
रेडियोमा सकिएको मात्र एउटा सेल हो

जीवन साथी राम्रो खोज्ने अमुल्य यो जीवन
सौभाग्यले कोरील्याको नेवारनीको वेल हो

गीत

जती गायो उती मधुर एउटा मिठो गीत जिन्दगी
जती लायो उती थोरै एउटा अपुग प्रीत जिन्दगी

थाहा छैन दौडिरहन्छन् अनिश्ची यी पाइलाह
दिन संगै थपिरहन्छन् खूसी माग्ने थैलाहरु
जति बस्यौं बस्रु लाग्ने एउटा मीठो शीत जिन्दगी
जति लायो उति थोरै एउटा अपुग प्रीत जिन्दगी

भोकै हुन्छन् असिमीत यि चहाना र इच्छाहरु
तिर्खाइरहन्छन् समूद्रमै खुसी खोज्ने मनहरु
ज्ति हिड्यो हिडु लाग्ने एउटा अविरल रीत जिन्दगी
जति लायो उति थोरै एउटा एउटा अपुग प्रीत जिन्दगी

Friday, September 4, 2009

एस.एम.एस गर

एस.एम.एस गर
समय बदलिएछ - पालुवा फेुरिएछ
म संग फुस्रत छैन- तिम्रो चिठी पढने
मसंग समय छैन - तिम्रो खाम खोतल्ने
पि्रय ! त्यसैले - एस। एम। एस गर ल !
म पनि दौडिरहेछु
क्राक्न्तिमा रुमलिरहेछु
त्यसैले उपन्यास हेर्ने फुस्रत छैन
कविता कोर्ने फुस्रत छैन
पि्रय ! संसार कता हराई सकेछ …॥
हामि धेरै पछि छौ
तर दौडिरहेछौ हामि पनि
यो दौडमा तिम्रो पनि नितान्त छ ।
तिम्रो खवर हपरिहार्य छ ।
तर प्रीय ! तिमि पत्र नलेख
किनकि जिन्दगीको वाह्र वज्न सक्दछ ।
तर पि्रय तिमी नरिसाउ
तिमी नबिसाउ ल
किनकि संसारले हामि लाइ थुक्नेछ ।
त्यसैले मेरो याद ्अति नै भयो भने
एक पल्ट मिसकल गर
या एस एम एस गर ल !!
तिमीलाई थाहा छ ।
समयकेा घोडा चडेर
बुसका भान्जीहरु
अर्कै ग्रहमा जाने रे
टोनी वेल्यरका सालीहरु पनि पृथ्वीमा नवस्ने रे
बिलगेटस संसार किन बेचमा टेन्डर हाल्दैछन रे
तर पि्रय ! मेरा सालीहरु तीम्रा बहिनीहरु
हुलाक धाइ रहेका छन्
चिठ्ठी लेखिरहेका छन् ।
त्यसैले हामि अल्झुीरहेका छौ ।
धेरै तल झुण्डी रहेका छौ
प्रीय अव फुस्रत छैन तीम्रो खाम खोातल्ने
समय छैन तिम्रो चिठ्ठी पढ्ने
त्यसैले याद दिलाउन मिसकल गर ।
खवर पठाउन एस एम एस गर ल !
म छामीरहेछु
म जाली रे
अविश्वासी रे
स्वर्थी रे
सुन्छु मेरा कोखैभरी दाह्रा छन् रे
त्यसैले मेरो उपस्थीति
कुनै समुदायमा बाधक हुन्छ रे
मलाइ देख्नासाथ
उनीहरुलाइ एलर्जी हुन्छ रे
म भित्र मन छैन रे
म भित्र सेवाको कुनै अंश छैन रे
लोभ र पापको भकारी रे म
मैले उनीहरुको भाग लुटें रे
अवसर लुटें रे
मेरो नाकले उसको निधार खुम्च्याउछ रे
मेरो बोलीले उसको मोड बदलिन्छ रे
अव त मैले अवसर नपाउने रे
मेरालागि कोटा नहुने रे
मैले मेरै आगनमा पराइ भएर उभिनु पर्ने रे
मेरो पालो गयो रे
अव उसको पालो रे
म छामीरहेछु ………
कहाँनेर छन् मेरा कोखामा दारा .............?

Thursday, August 13, 2009

रंगिन पानी

६५ कार्तिक २०
दुरुङ पानी
धमिलो पानी
कमेरे पानी
आहा…कति थरी
बागमति विष्णुमतीको जल
किनारै किनार एकहुल खातेबालकहरु।
सुरुप्प पार्छन्
तिर्खा मेटाउछन्
अली पर पाँचतारे हेाटलमा
एकहुल गाडिहरु…
ग्रिवी निब।रणको मिटिङ
ब्ालश्रम बिरुद्दको कार्यक्रम
भी.आई.पीहरुको जमघट
सुरुप्प पार्छन् रातो पानी
रंगीन जलको प्रभाव
आँखा तिर्मिराउछन्
ईद्रेणीसरी देखापर्छन् अनेकौ जलहरु…
खच्चरहरु भारी बोक्छन्
कुवा भेट्नासाथ पानी पिउछन्
धमिला कणहरुसंगै
भरियाहरु शरिर बाटै पसिना पिउछन्
निला पसिनाहरु……।

प्रभातको पुनर्जन्म

सिर्जना साहित्यको कुकुरे वैशमा एउटा हुरि नै चलेथ्यो नाम माथि उपमा थप्नेहरुको । विवश निरीह एक्ले भावुक क्षीतिज……… यस्तै-यस्तै साहित्यक उपनामहरु बीच म बम बानियासंग जन्मिएको थियो प्रभात । आफूलाई साहित्यकार देखाउन हामी छानीछानी उपनामहरु राख्थ्यौं । मैले दिनको सुरुवातको संज्ञा सगै साहित्य लेखनको सुरुवातलाई थप उज्यालो दिने प्रर्यत्न गर्नेको लागि यो फुर्को जोडँे । जिल्ला स्तरमा परिचय समेत यो उपनामले पायो । पछिपछि यी उपनामहरु कतिपय कम प्रयोग हँुदै गए भने कति त लोप भए । मलाई पनि कताकता लाज लाग्न थाल्यो आफ्नो यो उपनामदेखि । सायद मैले उसलाई हेला गरिदिएँ । पछि सुने प्रभात लोप भयो रे…………
समय बग्दै गयो । सात बर्ष भएछ प्रभात लोप भएको । लेखनमा मेरो निरन्तरता भने टुटेन । प्रकाशन गर्ने इच्छालाई थाती राखेर कविता गीत कथा र गजलहरु कोरि नै रहे । मेरो लघुकथा लेखन भने प्रकाशनको तयारीमा रहेको प्र्रेम दिवसबाट नाम परिवर्तन गरी अलपत्रेका फूलहरु मा पुगेको छ तर पाँच बर्षदेखि पेजमेकरभित्र झुन्डीरहेको छ अलपत्र परेर…………॥ हाल म लघुकथाहरु कम लेख्न थालेको छु । प्रभात जस्तै कुनै दिन यो पनि लोप हुन सक्छ र पुर्नजन्म पनि । पृथ्वीका कवि जोन किटस्ले भनेका छन्-जन्म र मृत्यु निरन्तर चलिरन्छन् । सेक्सपीयरले जीवनलाई नाटक भनेका छन् र हरेक मानवलाई पात्र बनाएका छन् । म लेखन र प्रकाशन लाइ फरक फरक आँखाले हेर्छु । लेखन एउटा नशा हो जसले सर्जकलाई स्वर्गानुभूति दिन्छ र समाज परिवर्तनमा चेतनाको बीऊ छर्छ भने प्रकाशन बढि विज्ञापन हो ।
प्रसंग बदल्छु । कतै उपनामहरुको अवशान भैरहेकोवेला कतै जन्म भैरहेको छ । केही समय अगाडि दीनदुखीको अवशान भयो । त्यसले दिपेन्द्रलाई नमीठो गरि बिझाएछ । उता सुरेश हाचेकाली भने चक्रव्यू साचेतना ( Labyrinth Conscience) संगसंगै हाचेकालीलाई स्थापित गराइसकेका छन् । हाम्रा समूहमा पनि टंक भट्टराईले विवशलाई दिक्तेलतिरै छोड्नु भयो भने धनप्रसाद सुवेदी 'श्रमीक', विष्णु आभुषण, बिमला केयरलेस रेखा क्षितिज एम.सी.सुमीत आदिले लेखिरहनु भएको छ । पारिजात, रामेश, रायन, मंजुल अरिम, निनु राल्फा समूहबाट ध्रुबतारा नै बने । लैन सिङ बाङदेल बैरागीकाइला आयमेली रमेश विकल सरुभक्त गोविन्द बहादुर मल्ल गोठाले जस्ता स्थापित नामले कता कता कुतकुत्याउदै गयो । यसमा कसैले आफ्नो नामथरको अगाडि जोड्ने गरेका छन् कसैले थरको ठाउमा भने कसैले एउटै शब्दमा उपमा मात्र लेख्ने गरेका छन् ।
यी यस्ता नामहरुको पछाडि आ आफ्नै रहस्य र कारणहरु होलान म त्यता घुस्न चाहन्न । म केवल किन आज म त्यो मरिसकेको प्रभातलाई पुनजन्म दिन जादैछु भन्ने प्रशंग जोड्न चाहन्छु । मैले गाउँ छोडेर राजधानी छिरेपछि मेरो केहि साहित्यीक तीर्खा मेट्नॆ संगतहरु पाएँ । राष्ट्रिय स्तरका भनिने स्रस्टाहरुसंग पनि राम्रै संगत भयो । कला संगीत साहित्य सबैलाई समेटेर अध्ययन गर्ने थलो रावासावा प्राज्ञिक सामाज नेपालको स्थापना डा विष्णु राईको अध्यक्षतामा गरियो । यसबाट प्राज्ञिकहरुसंगको संगत तथा संजाल बन्दै गएको छ । यो संगत र साहित्यीक उचाइ ठानेर किन्चित म प्रभात को जन्मदिन लागेको पटक्कै होइन र यो जन्मदै फेरि कुनै चमत्कार हुन्छ भनेर पनि होइन ।
खाटी कुरा यो हो कि साँकृतिक रुपान्तरणको लागि प्रतिबद्ध युवासर्जकहरुको समूहका जोशिला साथीहरु नाकीमा नदिश विशद दृश्य विपल वसन्त धु्रवसत्य कविल अन्जान माजु मार्मिका अपराजिता सर्गमाजरी आदिको सहित्यिक लगावले मलाई तानिरह्यो । तब मलाई त्यो ऐसेलुघारीमा डुल्दै गोठाला गर्दाको सम्झनाले एक झापड हान्यो ………॥ म झस्किएँ । मैले त्यो प्रभातलाई जन्माएको दिन सम्झें………। हाम्रो घरको पेटिमा घाम लाग्दा नलाग्दै यो जन्मेको थियो ५२ साल चैत्र १५ गते । मैले आफु उज्यालो भएर अरुलाई पनि दिन सकिन्छ म त्यहि दिनको सुरुवात हुँ भन्ने आफूलाई ठानेर प्रभातको न्वारन गरेंको थिए । ०५९ चैत्र २२ गते मैले यसलाई म बाट हराए । थाह छैन म के भएं तथापि मलाई यो सलामविहानी डट कम शमुहले ईस्यालु बनायो । मैले रातभर सोचे………के म पुर्नजन्म दिन सक्छु यसबेला मैले स्वर्गीय स्वप्नील स्मृति लाई सम्झें उनी एक साहित्यिक मित्र हुन उनको कविता पढिसक्दा समेत उनी जीवित हुन भन्ने थाह थिएन तर पछि थाह पाए त्यो उहाको उपनाम रहेछ । ऊ कविता सुनाइ रहेछ ………त्यसैले प्रभात (Prabhat) फेरि एकपटक जन्मिएको छ …………………………। आजैदेखि………………२०६६ साउन १२ गते बिहान ५बजेर २७ मीनेट ३३ सेकेन्ड……………। अनिश्चीतकालको लागि । Prabhat

आशा उज्यालोको

मेरो उज्यालो लिएर
साँझ गयो
म निश्तब्ध भएँ
प्रतिक्षाको फल
मलाइ सम्झाउन
एक पुल्ठो उज्यालो लिएर
गुधुली लिएर आयोम रमाए
कौवा कराउनु हुन्न
हजूआमा पाइला गन्न थाल्नुहुन्छ
डाँडाको रातो घाम हेरेर
उहाँ विलौना गर्नु हुन्छ
उहाँ पनि उदाउदो घाम नै रोज्नुहुन्छ
विहानीकै गीत गाउनुहुन्छ
बिडम्बना
प्रकृति निस्पक्ष छ ।
उज्यालो लिएर साझ जान्छ
उज्यालै लिएर विहानी आउछ
फटाह त मान्छे होकारण खुलाइराख्नु पर्दैन
प्रकृतिको उल्टो घुम्छ मान्छे
रातमा उज्यालाका कयौ
विकल्पहरु छन्
जून
तारा
र जूनकीरीहरु……॥